भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’

कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’

काठमाडौं । नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा जोड दिएको छ । एशिया सहयोग संवाद ९एशिया कोअपरेशन डाइलग, एसिडी० को ‘नव प्राकृतिक, सुरक्षित एवं स्वस्थ पर्यटन’ विषयमा टर्कीको राजधानी अङ्कारामा आज भएको १७ औँ मन्त्रिस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा एसिडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।

पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोभिड–१९ अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच त्यस्तो साझेदारी एवं सहयोग अत्यावश्यक भएको उहाँको कथन थियो ।भोक र रोगबाट आफ्ना नागरिकको जीवन रक्षा गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै परराष्ट्रमन्त्रीले अर्थतन्त्रलाई गतिशील तुल्याउने तथा रोजगारीका अवसर गुम्न नदिन पर्यटनसँग सम्बन्धित गतिविधिमा स्वास्थ्यसुरक्षासम्बन्धी सबै नियम इमान्दारीपूर्वक कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

पूर्वाधार विकास तथा तिनको गुणस्तर सुधार एसिडी क्षेत्रका सबै किसिमका सम्पर्क सञ्जालका निम्ति महत्वपूर्ण छन् भन्दै उहाँले नेपाजस्तो भूपरिवेष्टित देशका लागि अविकासको खाडल पुर्न तथा न्यायोचित एवं समावेशी विकासका निम्ति त्यस्ता पूर्वाधारको खाँचो रहेको बताउनुभयो । एशियाली देशहरुको शान्ति, स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनिभूत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो । एसिडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले उक्त बैठक आयोजना गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.