भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

२१ साउन २०७७ काठमाडौं । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । १८ वर्षे युवतीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ भने कोरोनाबाट २१ हजारभन्दा धेरै संक्रमित छन् ।

 


Thali Mobile Pvt.Ltd.