सिन्धुपाल्चाके । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएर ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारीकी ५५ वर्षकी गोमा धिताल र मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष रहेको इलाका प्रहरीले जनाएको छ ।
झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ ।
