सशस्त्रमा डिएसपीहरुको सरुवा,सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुख

सशस्त्रमा डिएसपीहरुको सरुवा,सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुख

काठमाडौं । २ सय ३८ जना डिएसपीको सशस्त्र प्रहरी बलले सरुवा गरेको छ । सशस्त्र प्रहरी बलले सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखका रुपमा सरुवा गरेको हो । आश्रित गुल्ममा सबै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएको र १७ वटा आश्रित गुल्म (अस्थायी)मा डिएसपीहरुको काज सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

३५ नम्बर गुल्म पाल्पामा उद्धव पुन, २९ नम्बर गुल्म गोरखामा सुजित विष्ट, १९ नम्बर गण नुवाकोटका उत्तम पुडासैनी, ५० नम्बर गुल्म दार्चुलामा ईश्वरीदत्त भट्टलाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीस्थित ३१ नम्बर गुल्ममा बिनोद खतिवडालाई सरुवा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.