भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गत २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५० जनाको मृत्यु

गत २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५० जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ भने २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् । आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको मृत्यु भएको छ । याे संगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.