भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बेजाेड प्रस्तुती: जस्ले चाेनाली बनिन् बिजेता

बेजाेड प्रस्तुती: जस्ले चाेनाली बनिन् बिजेता

काठमाडाैं । डियर टु डाँन्सको बेजोड प्रस्तुतीमा चोनाली तामाङ बिजेता बनेकी छन् । ग्यालेक्सी मल्टीमिडिया एण्ड इभेन्टस प्रालिकाे अायाेजनामा सेलिव्रेशन हाइट सुकेधारा काठमाडौमा सम्पन्न सिजन टुको फिनालीमा उनी सत्र जना प्रतिस्पर्धीलाई पछि पार्दै बिजेता बन्न सफल भएकी हुन ।

कडा र रोचक प्रतियोगीताबाटा फस्ट रनर अप मनोज तामाङ बन्न सफल भएका छन् भने सेकेण्ड रनर अपमा सोइसा लुइटेल बनेकी छन् । त्यसैगरी तेस्रो रनर अपमा अन्जली लामा र चौथो रनर अपमा सस्कृति श्रेष्ठ बनेकी छन् । विजेतालाई मेडल तथा प्रमाण पत्रका साथै एकलाख राशीको चेक हस्तान्त्रण गरिएको प्रतियोगितामा फस्ट रनर अपलाइ पचास हजारको चेक, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी थर्ड सनरअपलाइ बीस हजारको चेक, मेडल तथा प्रमाणपत्र दिइएको थियो । प्रतियोगीको प्रस्तुतीलाई निकै चाँसोकासाथ दर्शकले हेरिरहेका थिए । अडिसन राउडमा पाँच सय प्रतियोगिको सहभागिता रहेको थियो भने फाइनल राउडमा आँउदा सत्र जना बीच कडा प्रतिस्पर्धा भएको थियो ।

सम्पन्न सिजन टु का टाइटल बिजेताको जजमा प्रकाश भुजेल, विभग माइकल, सागर सोनी रहेका थिए । त्यसैगरी कोरियो ग्राफरमा गंगा लामा, सागर सोनी, लाक्पा दोर्जे तामाङ, सविना तामाङ र शुशिल घलेको महत्वपुर्ण भूमिका रहेको थियो । बिजेतालाइ ग्यालेक्सी मल्टीमिडिया एण्ड इभेन्टस प्रालिका सिइओ प्रकाश घले, फाउन्डर रस्मी हमाल, इभेन्ट डाइरेक्टर सुर्य कमल दाहालले बधाई दिएका थिए ।

प्रतियोगितामा सहयोगी सस्था तथा मिडिया पार्टनरहरूलाइ सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो । जजहरूकाे डान्स प्रस्तुतिले मन्त्र मुग्ध मात्रै बनाएन प्रतिस्प्रर्धीहरूले प्रदेश गएका श्रीमान देखि जन्म दिने अामाका कथा प्रस्तुत गरेपछि हजाराैं दर्शक राेएका पनि थिए ।

सरकार भेटियाे तर

न्याय नभेटिएकाे निर्मला पन्तकाे बलात्कार पछि हत्यकाे विषय पनि प्रस्तुतिमा समेटिएकाे थियाे । प्रतियाेगिले कला मार्फत देशकाे अार्थिक विकासका वारेमा पनि सचेत गराए । उनीहरूकाे प्रस्तुतिले दर्शकदिर्घामा मनाेरन्जन मात्र दिएन सम्वेदनशील्ता पनि थपेकाे थियाे ।

 


 


Thali Mobile Pvt.Ltd.