भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

चोरिएको मोटरसाइकलसहित तीन पक्राउ

चोरिएको मोटरसाइकलसहित तीन पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ ।उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ । चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बू र धनुषाका विकल थापालाई पक्राउ गरिएको जानकारी दिए । भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो । अर्को पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो ।

मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ । सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.