भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.