१६ जेष्ठ २०७७, काठमाडौं । गितकार तथा संगितकार समेत रहेका विनोद विकले धेरै गीत गाएका छन् । झूपडीका पीडा, जनताका कथाव्या, मजदुर, किसानका गीतहरु अझभनाैं एक श्रमजीवि जनता तथा वर्गीय मुक्तिका गीत गाउने एक जनवादी गायक हुन विनोद विक ।
विनोद तिनै सर्जक हुन् जसले करिब २ दशकदेखि लगातार गरिब, मजदुर, किसान र नेपालको सीमा सम्वन्धी र विशेषगरी भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेप विरुद्ध जनताकोक्षमा प्रगतिशिल सिर्जना संगै गीतहरु गाएका छन् । उनको चर्चित रचना ‘मेची नछोड’ सुस्ता हाम्रै हो बैनी सुस्ता हाम्रै हो लगायतका गीतहरु गाएका छन् ।
थुप्रै गीतमा संगीत भरेका छन् । उनले विस्तारवादी भारतका जन विराेधी गतिविधीका विरुद्ध कैयौं गीत गाएका छन् । विनाेदले गाएका सीमा अतिक्रमण विरुद्धका गीत जनताले निकै रुचाएका छन् । विनोदकै स्वर तथा शब्दमा सजिएकाे महामारीविरूद्व सुन्नै पर्ने देउडा गीतमा सबै सचेत हुनु पर्ने सन्देशका साथ सार्वजनिक गरेका छन् ।
सुनाैं उनकाे महामारी सम्बन्धिकाे देउडा गीत…
विमल विकले संगित भरेकाे तथा विनोद विककोे स्वरमा सजिएकाे उक्त देउडा गीतले शहर गाउँ, पहाड, तराई जहाँका मानिसलाई पनि सचेत गराँउदै विश्वभरीका मानिस माहामारी विरुद्ध एक भएर जुध्न र सजग रहन अनुरोध गरेका छन् ।
याे गीतमा प्रदेशीकाे कथालाइ पनि समेटिएकाे छ । प्रदेश गएका छाेराछाेरीकाे सम्झनामा घरमा आमाबुवाले विलाैना गरेकाे कथा पनि गीतमा समेटिएकाे छ । उनको अर्को चर्चित गित ‘नरूनु आमा छाेरा सम्झेर’ हो । संगित समेत आफैले गरेका उनको यो गितमा पनि निकै मार्मिक सन्देश छ ।

