भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

साउथ कोल ग्लासियर पग्लिने क्रम बढ्यो

साउथ कोल ग्लासियर पग्लिने क्रम बढ्यो

काठमाडौं । पछिल्लो २५ वर्षमा सगरमाथाको साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ पग्लिएको एक अध्ययनले जनाएको छ ।
अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले सगरमाथाको उच्च भागमा रहेको हिमनदी (साउथ कोल ग्लासियर) पग्लिने क्रम बढेको जनाएको हो । २५ हजार ९३८ फिटको उचाइमा रहेको साउथ कोल हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी पातलिएको अध्ययन टोलीको निष्कर्ष छ ।

बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाले जनाएको छ । १० जना वैज्ञानिकहरूको टोली हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् । जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.