भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

डाका गिरोहका योजनाकार पक्राउ

डाका गिरोहका योजनाकार पक्राउ

महोत्तरी । डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।

घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत असार ३ गते पासवानकै योजनामा सशस्त्र हतियारधारी डाकाले रातको समयमा पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब रु नौ लाख मूल्य बराबरको धनमाल लगेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

लुुटपाटका क्रममा सशस्त्र डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै निजकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको प्रनाउ विष्टको भनाइ छ । पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् ।

पुस्तैनी पुख्र्यौली घर धनुषाको झिजा भएका पासवानलाई सरकारले चार दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्बास बस्ती बसाएको थियो । त्यसै परिवारका पासवान धनुषाबाट रौतहटसम्मका र यदाकदा सीमापारि भारतमा हुने डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।

 


Thali Mobile Pvt.Ltd.