भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

डोटी जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार

डोटी जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका खानेपानीका मुहान मर्मत नगरिएकाले खानेपानीको हाहाकार भएको हो ।

असोज अन्तिम साताको अबिरल वर्षाका कारण सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको थियो । सम्बन्धित निकायले यसको समयमै मर्मत गर्न नसकेका कारण पानीको हाहाकार भएको हो । मर्मत गर्न कठिन भएकाले पानी उपलब्ध गराउन नसकिएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ ।

यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा बन्द गरेका कारण उपभोक्तालाई अहिले फोहर पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासीहरुले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.