भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

दमौली, । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।

यसतै शुक्लागण्डकी नगरपालिका–२ का रुपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई समेत पक्राउ परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.