भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१२ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.