भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

चितवन । नेकपा एमाले का. महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताए । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उहाँले भन्नुभयो, “कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए ।

वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “सल्लाह हुन बाँकी नै छ ।” नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली आउनुभएको छ । यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आउनुभएको हो ।

उहाँहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिनुभएको छ । बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गते सम्म महाधिवेशन हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.