दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

दैलेख १ बाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी

दैलेख । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मालाई भारी मतले हराउँदै निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन् ।

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार २५६ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन् । थापाले यसअघि ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका छन् । जसमा ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भए ।

०७४ मा उनी दैलेख १ खबाट प्रदेश सभामा चुनाव जितेका थिए । २०१२ सालमा भगवतीमाई गाउँपालिका १ दैलेखमा जन्मिएका थापा ०२८ र ०३२ सालमा २ पटक वडाध्यक्ष ०३५ सालमै उपप्रधान बनेका उनी मूलतः ०३३ सालमा जनमत संग्रहमा सक्रिय रूपमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.