भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेकपा एमाले इतिहासको विषय बन्दै छः अध्यक्ष नेपाल

नेकपा एमाले इतिहासको विषय बन्दै छः अध्यक्ष नेपाल

चितवन, । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का.अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।”  अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।

एक फरक प्रसङ्गमा उनले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्रीे राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौँ ।” नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उनले बताए । उहाँले भने, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.