काठमाण्डौ । दशैँका लागि शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका बिक्री गर्ने भएको छ । मूल्य निर्धारण नभएकाले शनिबारदेखि मात्रै बिक्री गर्ने तयारी भएको नेपाल खाद्य संस्थानका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने जनाइएको छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको ल्याइएको छ ।

