भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल आज क्यानडासँग भिड्दै

नेपाल आज क्यानडासँग भिड्दै

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

रोहित पोडेलको कप्तानीमा खेल हुने छ । पहिलो खेलमा ४ विकेट लिएर नेपाल अघि बढेको थियो । नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना देखिएको छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिनसक्छ ।

विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ । कुशल भुर्तेल, रोहित र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् । सोमपाल कामी प्रमुख बलर हुन् ।

नेपालविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका निकोलस किर्तोन र परगत सिंहको प्रदर्शन क्यानडाको लागि महत्वपूर्ण हुनेछ । बलिङमा राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.