भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं–२ को अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित (भिडियो)

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं–२ को अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित (भिडियो)

भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भक्तपुर निर्वाचन क्षेत्र नं–२ को अध्यक्षमा शर्मीला लम्साल (बस्नेत) सर्वसम्मत निर्वाचित भएकी छन् । विहिबार मध्यपुरथिमीमा सप्पन्न चौथो सम्मेलनबाट बस्नेत नेतृत्वकाे २७ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित भएको हो । जसकाे उपाध्यक्षमा मञ्जु पोखरेल, भगवती शिवाकोटी, सचिवमा रञ्जना खनाल, सह-सचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा मिनादेवी अधिकारी चयन भएकी छन् ।

निर्वाचन क्षेत्र भित्र रहेको दुई वटा नगरका १९ वटा वडाबाट पर्यवेक्षक तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सम्मेलनमा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टी पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत, पार्टीका भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा, उपाध्यक्ष बाशुदेव थापा, अनेमसंघ भक्तपुर क्षेत्र नं. २ का निवर्तमान अध्यक्ष लक्ष्मी कार्की अधिकारी लगाएतले एमालेको मार्गनिर्देशक सिद्धान्तलाई माथि उठाउदै जनतामा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका भूमिका खेल्ने छ भन्दै शुभकामना व्यक्त गरेका थिए ।

भिडियो….


साथै नयाँ निर्वाचित कमिटीलाई बधाइ दिएका थिए । नेकपामा आवद्ध भएर बालापनदेखि नै महिला अधिकारका पक्षमा निरन्तर लड्दै आएकी अध्यक्ष बस्नेत पार्टी संगठनमा सक्रिय छन् । कम्युनिष्ट पारिवारीक पृष्ठभूमिकी बस्नेत राजनीतिक गतिविधिमा पनि त्यतिकै सक्रिय छन् । पार्टीले चलाएका विभिन्न अभियानमा सक्रिय सहभागिता देखाउने उनी फिल्डमा समेत होमिएकी कार्यकर्ता हुन ।

एमालेले जनताकाे भावन र दुःमा साथ दिन चलाएकाे ग्रास रुट अभियानमा सुर्यविनायक नगर इन्चार्ज भएर पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले राजनीतिमा महिलाका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन् ।

सम्मेलनका दृश्यहरू तस्वीरमा…

              

 


Thali Mobile Pvt.Ltd.