भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ ।नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन । कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड छ लाख सात हजार ७०२ बराबरको कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ ।

बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो ।एनआइसी एशिया बैंक रु पाँच करोड चार लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी रु चार करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट रु तीन करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक रु तीन करोड ६९ लाख पाँच हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५।३२ प्रतिशतले कमाएका छन् ।हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लाग्यो ।

 


Thali Mobile Pvt.Ltd.