भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

गण्डकी । कास्कीको अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा–४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । संस्थाले मास्क, भाइजर, अक्सिमिटर, पिपिइ, स्यानिटाइजर, थर्मलगन, ग्लोब्स, साबुन, स्प्रेबोटल र जनचेतनामूलक ब्यानरसहित रु ६२ हजार बराबरका सामग्री प्रदान गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै सङ्क्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने धारणा राख्नुभयो । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाशील बनेको जानकारी गराउनुभयो ।

हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न सङ्घसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । हेल्पलाइन सहसंयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुका साथै सङ्क्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण वालिङ– कोभिड–१९ को सङ्क्रमणदर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकालाई मङ्गलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री गरी रु १० लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

कन्सन्ट्रेटर, पिपिइ सेट, एन्टिजेन किट, फेसशिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जासँगै समाजसेवी डा पवमान सुवेदीको व्यक्तिगत योगदानसहित रु १० लाख बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मङ्गलबार हस्तान्तरण गरेको हो । “महामारीका रूपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले आफूखुशी सहयोग जुटाउनुभएको छ”, नगरप्रमुख खाँणले भन्नुभयो, “महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।”

विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र नगद सहयोग गरिरहनुभएको नगरप्रमुख खाँणले बताउनुभयो । दाताहरुले सहयोग गरेको प्रयोजनका आधारमा रकम खर्च गर्दै आएको बताउँदै नगरप्रमुख खाँणले भन्नुभयो, “यो महामारीका समयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दछौँ ।”

नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेशन सेन्टरमा बिरामीलाई निःशुल्क उपचार, खाना तथा खाजाको व्यवस्थासमेत मिलाएको छ । त्यस्तै नपाले दुई स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँगाउँमा खटाएको छ । आवश्यकता हेरी गाउँमै पुगेर पनि एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.