काठमाडौं । पत्रकार एवं गायिका तथा समाचार वाचिका शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
पत्रकारितामा व्यस्त थापा व्यस्तताकैबीच गीत संगीत सार्वजनिक पनि गरिरहेकी छन् । यस भन्दा पहिला निकालेकाे म्यूजिक भिडियाेमा पत्रकार बिनोद विकको शब्द तथा संगीत संयाेजन रहेको तीत गीत ‘सारी फरर’ पनि निकै चलेको थियो । यसपालीको तीज गीत पनि निकै राम्रो रहेको छ । यसपालिको ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ।
कोरोना महामारीका कारण बजार अस्तवेस्त भएपनि थापाको तीज गीत सार्वजनिक भएपछि थापाका फयानहरु हर्षित भएका छन् । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् । गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काको रहेको छ भने भने सम्पादन अमृत चापागाईले गरेका छन् ।
आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गीत हेर्न यहाँ थिच्नुहोस्…
