भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

काठमाडौँ । पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।संयुक्त अरब इमिरेट्स यूएईको सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए ।त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १÷१ विकेट लिए ।े

 


Thali Mobile Pvt.Ltd.