काठमाडौं । नेकपाको सचिवालय बैठकले ५ वर्षसम्म सरकार चलाउने जिम्मेवारी केपी ओलीलाई दिएको छ । पार्टीका दुई अध्यक्षको जिम्मेवार बाँडफाँड गरेको नेकपाले पार्टी हेर्ने कार्यकारी जिम्मेवारी पुष्पकमल दाहाललाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको बताईएको छ ।
