भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोनाका नाममा व्यापक अनियमितता गरेको भन्दै नगरपालिकाका कागजातहरू अख्तियारको नियन्त्रणमा

कोरोनाका नाममा व्यापक अनियमितता गरेको भन्दै नगरपालिकाका कागजातहरू अख्तियारको नियन्त्रणमा

बैतडी । पाटन नगरपालिका कार्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ ।

कोरोना कहरमा चरम अनियमितता गरेको उजुरी परेपछि सोमबार कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको फोन कल बारमबार आएको र लिखित उजुरी नै आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको हाे ।

कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै एक करोड ७३ लाख खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ । छानबिन समितिले असोज ९ गते ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको प्रतिवेदन बाहिर ल्याएको  थियो । कर्मचारीदेखि जनप्रतिनिधिहरुले अनियमितता गरेको ठहर समितिले प्रतिवेदनमा समेटेको अख्तियारका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए। अनियमिता गरेको रकम असुलउपर गर्न नगरपालिकालाई आग्रह गरिएकाे उनकाे भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.