भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कोरोनाका नाममा व्यापक अनियमितता गरेको भन्दै नगरपालिकाका कागजातहरू अख्तियारको नियन्त्रणमा

कोरोनाका नाममा व्यापक अनियमितता गरेको भन्दै नगरपालिकाका कागजातहरू अख्तियारको नियन्त्रणमा

बैतडी । पाटन नगरपालिका कार्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ ।

कोरोना कहरमा चरम अनियमितता गरेको उजुरी परेपछि सोमबार कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको फोन कल बारमबार आएको र लिखित उजुरी नै आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको हाे ।

कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै एक करोड ७३ लाख खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ । छानबिन समितिले असोज ९ गते ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको प्रतिवेदन बाहिर ल्याएको  थियो । कर्मचारीदेखि जनप्रतिनिधिहरुले अनियमितता गरेको ठहर समितिले प्रतिवेदनमा समेटेको अख्तियारका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए। अनियमिता गरेको रकम असुलउपर गर्न नगरपालिकालाई आग्रह गरिएकाे उनकाे भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.