विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान

विराटनगरमा फुटपाथ खाली र टहरा भत्काउने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरिएको हो।

विराटनगरको ेसौन्दर्यकरणलाई
आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामकरुपमा प्रस्तुत भइरहेका छन । यो अभियान विराटनगरको मेनरोडबाट सुरु भएको हो ।

महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेका थिए ।

व्यापारीले फुटपाथमा सामान राख्न नछोडेपछि महानगरले हटाउन सुरु गरेका ह्ुन । पसलको सटरभन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएका थिए ।

पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएका थिए ।अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएका थिए ।

यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छोड्ने गरेको महानगरले बताए । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौँ”, प्रमुख नागेश कोइरालाले भनुभयो, “हामीले दुई–दुईपटक सार्वजनिकरुपमै सूचना प्रकाशित गरेको थियौँ ।

विराटनगरलाई सुन्दर बनाउनु व्यापारीको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।”

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले भनुभयो ।

व्यापारीले सामान हटाउनका लागि केही दिन समय पनि महानगरसित आग्रह गरेका थिए । “महानगरको यो अभियान एकदमै राम्रो छ, तर कसैका सामान हटाउने र कसैका नहटाउने गर्नुहुँदैन । नियम सबैलाई समान हुनुपर्छ”, स्थानीय व्यापारी शङ्कर साहले भनुभयो, “सामान हटाउन केही समय पनि दिनुपर्ने ।

”नगर प्रहरी निरीक्षक पौडेलका अनुसार पहिलो पटकका लागि महानगर प्रहरी आफैँले सामानभित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ । महानगरले दुईपटक सार्वजनिकरुपमै सूचना प्रकाशित गरेको र माइकिङ गरेर हटाउन आग्रह गर्दा पनि अटेर गरेका कारण हटाउन सुरु गरिएको पौडेलले जानकारी दिनुभयो ।

नगर प्रहरीले नियन्त्रणमा लिएका सामान वीरेन्द्रसभा गृह छेउमा रहेको इको पार्कमा लगेर राख्ने गरेको छ । नियन्त्रणमा लिएका सामान व्यापारीले जरिवाना तिरेर लिएर जाने गरेका छन् । महानगरको अभियानमा साथ दिने खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डलले बताउनुभयो । उहाँले अभियान सही छ, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.