भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

प्रिन्टरसहित नक्कली नोट छाप्ने दुई जना पक्राउ

प्रिन्टरसहित नक्कली नोट छाप्ने दुई जना पक्राउ

काठमाडौं । नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

कलङ्की तरकारी बजारमा नक्कली नोट बोकेका व्यक्तिले तरकारी किन्नेको र त्यहीँबाट सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले बताए । पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले एक हजार का ५१ थान, ५०० का ५७ थान, १०० का दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको र पक्राउ परेका दुवैसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.