काठमाडौंं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च निगरानी निकायको रुपमा ओभरसाइट बोर्डले आगामी अक्टोबरको मध्यदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ ।
उक्त बोर्डलाई फेसबुकको सर्वोच्च अदालतको संज्ञासमेत दिइएको छ । किनकी प्रयोगकर्ताहरुले फेसबुकको कार्यकारी निकायद्वारा गरिएका निर्णयहरुमा चित्त नबुझेमा उक्त बोर्ड समक्ष पुनरावेदन गर्न सक्नेछन् ।
आफ्ना पोष्टहरु फेसबुकले हटाएको र त्यस्तो कार्य आफूलाई चित्त नबुझेको खण्डमा प्रयोगकर्ताहरुले फेसबुकको उक्त सर्वोच्च निगरानी निकायसमक्ष अपिल गर्न सक्ने र उक्त बोर्डले उजुरीहरुमाथि अध्ययन गरी अन्तिम फैसला लिनसक्नेछ ।
