भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सरकारीस्तरकै प्रदेशस्तरीय आवासीय विद्यालय निर्माण

सरकारीस्तरकै प्रदेशस्तरीय आवासीय विद्यालय निर्माण

काठमाडौं । वाग्मती प्रदेशले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय निर्माण गर्ने भएको छ । पहिलो चरणमा पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा निर्माण गर्ने नीति अनुसार गौरीशंकर गाउँपालिका–२ को निलकण्ठेश्वर विद्यालय छनोटमा परेको हो ।

प्रदेश सरकारबाट कार्यक्रममा छनोट भएसँगै पूर्वाधार निर्माणको काम शुरु भएको छ । विद्यालय खुल्ने वित्तिकै विद्यालयलाई आवासीय गर्नका लागि काम तीब्रगतिमा बढाउने गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । भवन निर्माण गरी विद्यालयलाई व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीचमा छलफल गर्ने जनाएको छ ।

प्रदेश सरकारको आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७६ अनुसार यहाँको सो विद्यालयमा बजेट विनियोजन भएको हो । प्रदेशसभाषद् विशाल खड्काले आवसीरुपमा विद्यालय सञ्चालन हुने भएपछि व्यवस्थापन समिति र विद्यालय प्रशासनले अव शैक्षिक गनुणस्त र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै आवासीय भवन बन्ने , साँझ समेत पठन–पाठन हुने , आठसयसम्म बस्न सकिने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.