बंगलादेशमा  जन्ती बने चट्याङको सिकार, १७ को मृत्यु

बंगलादेशमा  जन्ती बने चट्याङको सिकार, १७ को मृत्यु

बंगलादेश । बंगलादेशमा विवाह भइरहेको वेला चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटे्दा १७ जनाको मृत्यु र वेहुला सहित अन्य १४ जना घाइते भएका छन् ।
सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो ।

उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो । विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् । प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.