भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बढ्दै अपराधिक क्रियाकलाप, एम्बुलेन्समा समेत गाँजा तस्करी

बढ्दै अपराधिक क्रियाकलाप, एम्बुलेन्समा समेत गाँजा तस्करी

सुनसरी । सुनसरी प्रहरीले गाँजा बरामद गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । प्रहरीले एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जना एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको हो ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा १ सय किलो गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.