भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

भारतले कालापानीवरै मन्दिर बनाउन दिएन

भारतले कालापानीवरै मन्दिर बनाउन दिएन

दार्चुला। महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको भारतले नेपालीमाथी कडा नजर तेर्साएकाे छ । कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे ।

त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् । कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा काली मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीयले भारतीय अर्धसैन्य बलको अतिक्रमणमा परेको क्षेत्रभन्दा २ सय मिटरवरै मन्दिर बनाउन खोजेका हुन् । मन्दिर निर्माण थाल्नुअघि उनीहरू कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई त्यसबारे जानकारी दिन गएका थिए । काम थालिसकेपछि समस्या उत्पन्न हुन सक्ने आशंकामा आफूहरू सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई सोध्न गएको उनीहरूको भनाइ छ ।

यो समाचार आजको कान्तिपुरमा छ।

 


Thali Mobile Pvt.Ltd.