भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

भारतले गर्याे नेपालगंज नाका सील

भारतले गर्याे नेपालगंज नाका सील

नेपालगञ्ज । भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका एक्कासी बन्द गरेकाे छ । नाका बन्द भएपछि त्यहाँ पुगेका नेपालीहरु अलपत्र परेका छन् । भारत तिर जान थालेका नेपाली नाकामा रोकिएपछि तनाव भएकाे छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र अाफ्नाे तीर पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारत विरुद्ध दैनिक प्रदर्शन भइ रहेकाले नाका बन्द गरिएको अाशंका नेपालीले गरेका छन् ।

तर त्यसाे नभएर भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले नाका सील गरिएकाे भारतीय अधिकारीले बताएका छन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको बताईएको छ ।

‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको भारतीय प्रहरीले जनाएको छ। बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहान मात्रै नाका सील गरेको जानकारी दिएको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.