भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा काँगेस पहिलो

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा काँगेस पहिलो

काठमाडौं । देशभरीका ६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि रहेको छ । पहिलोमा काँग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ भने कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ ।

दोस्रोमा नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ भने एमालेले २ सय १२ उपमेयर जितेको छ। तेस्रो स्थान नेकपा माओवादी केन्द्र ओगटेको छ । नेकपा माओवादी केन्द्रले १ सय १६ पालिका मेयरमा जितेको छ भने १ सय २० पालिकामा उपमेयर जितेको छ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले २७ पालिका मेयर तथा १७ उपमेयर जितेका छन्। नेकपा माओवादी केन्द्र ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्यले ५ पालिकामा अग्रता लिइरहेका छन्।

जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ भने उस्ले २३ उपमेयर जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ पालिका मेयर र २१ उपमेयर जितेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका मेयर र ९ उपमेयर जितेको मत परिणाम सार्वजनिक भएको छ। मतगणना भइरहेको पालिकामध्ये नेपाली कांग्रेस १९ , नेकपा एमाले १७ ठाउँमा अगाडि रहेको छ।

 


Thali Mobile Pvt.Ltd.