भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्पिट गर्नेलाइ कारबाही हुदै

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुट्पिट गर्नेलाइ कारबाही हुदै

१८ सामाजिक संजालमा निकै भाइरल भएको मलेसियामा नेपाली कामदारमाथि कुटपिट गर्ने मानिस पनि नेपाली नै भएको थाहा भएको छ । भिडियोमा कम्पनीमा सिनियर देखिने व्यक्तिले नेपाली सुरक्षागार्डलाई पशुजस्तै निर्घात कुटपिट गरिरहेका छन् ।

अपार्टमेन्टको पार्किङमा कुटिरहेका नेपाली श्रमिकलाई मले भाषामा गाली गर्दै कुटिरहेका छन् भने नेपाली श्रमिक चुपचाप पिटाइ खाइरहेका छन् । भिडियो खिचिरहेका व्यक्तिले भैगो छोडिदेऊ भनिरहेका छन् । सो भिडियो भाइरल भइसकेपछि मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गरेर व्यक्तिको बारेमा खोजीनीति गरेको थियो ।

उक्त भिडियोमाथि कमेन्ट गर्दै कुटपिट गर्नेलाई कडा सजायको माग गरेका छन् । अन्तत नेपाली कामदारमाथि कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पत्ता लागेको छ । नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाइजरले नै निर्घात रूपमा कुटपिट गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । पीडित नेपाली श्रमिक नेपाली दूतावासमा आश्रय लिइरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

पीडक नेपाली श्रमिक गैरकानुनी रूपमा मलेसियामा बस्दै आएको, पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा काम गर्न थालेको दूतावासले जनाएको छ । त्यस्तै दूतावासले पीडक श्रमिकलाई पनि सम्पर्क गरिसकेको जनाएको छ । कुटपिटको घटनालाई मलेसियास्थित नेपाली दूतावासले सोमबार प्रहरीमा केस दर्ता गर्ने जनाएको छ । आइतबार सार्वजनिक बिदा हुने भएकाले दूतावासले सोमबार मात्रै केस दर्ता गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.