भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मालपोत अधिकृत खड्कासहित ४ जनाविरुद्ध मुद्दा

मालपोत अधिकृत खड्कासहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार निशुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.