मेक्सिकन मुलकी अभिनेत्री सलमाकाे लक्ष्मी देवीप्रति अास्था

मेक्सिकन मुलकी अभिनेत्री सलमाकाे लक्ष्मी देवीप्रति अास्था

अमेरिका । अमेरिकी ग्ल्यामर्स अभिनेत्री, गायिका, निर्देशक, निर्मात्री तथा अभिनेत्री सलमा हायकले सामाजिक सञ्जालमा गरेको एक पोस्ट यति बेला चर्चामा छ। उनले हालै ट्विटरमा देवी लक्ष्मीको फोटो हाल्दै लेखेकी छिन ‘जब म आफ््नाे आन्तरिक सुन्दरतातिर जोडिन चाहन्छु, त्यस बेला ममा लक्ष्मीतिर आप्mनो ध्यान केन्द्रित गर्दछु, जो हिन्दू धर्ममा धन, सौभाग्य, प्रेम, सुन्दरता, माया, आनन्द र समृद्धिको प्रतिकका रूपमा लिइन्छ। उनको छविले मलाई निकै खुसी प्रदान गर्दछ र खुसी कहीं न कहीं आन्तरिक सुन्दरताको बाटो हो।’

यसरी सलमा अन्य धर्म मान्ने भए पनि उनले हिन्दू धर्मकी देवी लक्ष्मीलाई आफ््नाे  आन्तरिक सुन्दरताको प्रेरणाका रूपमा लिएको दर्साउने उनको यो पोस्टमा लाखौंले प्रतिक्रिया जनाएका छन् । हलिउड फिल्म फ्रिडाका लागि चर्चित मेक्सिकन मुलकी अभिनेत्री सलमाले केही समयअघि यौन उत्पीडनविरुद्ध चलिरहेको मुद्दा मि टुमा आप्नो अनुभव राख्ने क्रममा हलिउड निर्माता हार्वे विन्स्टिनमाथि यौन शोषणको आरोप लगाएकी थिइन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.