भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान

युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान

१३ साउन २०७७ काठमाडौं । युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटी डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

विश्व हिन्दु महासंघको पदाधिकारी समेत रहेका शिवाकोटीलाई बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको एसएसपी दिपक थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.