भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रारा जाने छोटो बाटो

रारा जाने छोटो बाटो

खलङ्गा । बजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे ।

पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हुँदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै राराताल जानेको लर्को लाग्ने गरेको छ । नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ ।

कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । कोरोना कहरले पर्यटक घटेका छन् । पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिए ।rss

 


Thali Mobile Pvt.Ltd.