भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य

काठमाडौँ, ।  सरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ । मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश वाक्य तय गरेको हो । यसअघि हरेक वर्ष दिवस मनाउँदा फरकफरक आर्दश वाक्य चयन हुने गर्दथ्ये । यसपटक भने एकै पटक पाँच वर्षका लागि आर्दश वाक्य चयन गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले हरेक वर्ष आर्दश वाक्य चयन गर्दा त्यो वाक्य अनुसारको लक्ष्य पूरा हुन नसकेर यसपटक पाँच वर्षका लागि एउटै वाक्य चयन गरेको बताए। “हरेक वर्ष आर्दश वाक्य चयन गर्दा एकै वर्षमा त्यसको लक्ष्य र उद्देश्य पूरा हुने भएनन्, ” उहाँले भन्नुभयो, “ती आदर्श वाक्यको लक्ष्य र उद्देश्य पूरा गर्नका लागि यस पटक पाँच वर्षका लागि एउटै वाक्य चयन गरेका हौं ।” उहाँले १५औँ योजनाको लक्ष्य र उद्देश्य अनुसार पाँच वर्षका लागि विकास, समृद्धि र सुशासन वाक्यलाई चयन गरिएको जानकारी दिए ।

प्रत्येक वर्ष दिवसमा आर्दश वाक्य चयन गर्दा हरेक वर्ष कार्यालयको भित्तामा लेख्नुपर्ने र कार्यालयका लेटरप्याड पनि परिवर्तन गर्नुपर्ने झन्झट समेत रहेको र त्यो अब हटने उहाँको भनाइ छ । यस्तै सरकारले आ–आफ्नो कार्यालयमा सम्भव हुने कार्यक्रम गरी यस वर्षको निजामति दिवस मनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता अधिकारीले कोभिड–१९ को महामारी फैलिरहेको, स्थानीय प्रशासनको निषेधको आदेश कायम रहेको र कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरको प्रभावले जनस्वास्थ्यमा चुनौती थपिन सक्ने भएकाले कार्यालय परिसरमा नै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी दिवस मनाउन निर्देशन दिएको बताए।

गतवर्ष पनि कोरोना भाइरस सङ्क्रमणका कारण यस दिवसका अवसरमा औपचारिकता कार्यक्रम गरिएको थिएन । निजामति ऐन–२०६१ जारी भएको अवसर पारेर सरकारले हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.