भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

तनहुँ । व्यास नगरपालिकाले वातानुकूलित एसी सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।

नगरपालिकाको मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन प्रक्रियालाई अगाडि बढाइने र नगरवासीलाई सहजरुपमा सेवा प्रदान गरिने जनाइएको छ । कोभिड–१९ र बन्दाबन्दीका कारण सम्झौता भएको करिब छ महिनापछि मात्रै एम्बुलेन्स ल्याइएको हो । निकट भविष्यमा व्यास नगरपालिका–१० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

व्यास नगरपालिकाको आफ्नो एम्बुलेन्स नहुँदा विपद्को समयमा सास्ती भोग्नुपरेको थियो । यसअघि दमौली बजार एकाइ समितिले नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सेवा प्रदान गरिएको थियो । नयाँ एम्बुलेन्स आएसँगै उक्त पुरानो एम्बुलेन्सलाई शवबाहनको रुपमा प्रयोग गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.