भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

तनहुँ । व्यास नगरपालिकाले वातानुकूलित एसी सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।

नगरपालिकाको मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन प्रक्रियालाई अगाडि बढाइने र नगरवासीलाई सहजरुपमा सेवा प्रदान गरिने जनाइएको छ । कोभिड–१९ र बन्दाबन्दीका कारण सम्झौता भएको करिब छ महिनापछि मात्रै एम्बुलेन्स ल्याइएको हो । निकट भविष्यमा व्यास नगरपालिका–१० स्थित दुम्सी बजारमा सञ्चालनमा ल्याउन लागेको व्यास नगर कोभिड व्यवस्थापन अस्पतालका लागि एम्बुलेन्स प्रयोगमा ल्याइने नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

व्यास नगरपालिकाको आफ्नो एम्बुलेन्स नहुँदा विपद्को समयमा सास्ती भोग्नुपरेको थियो । यसअघि दमौली बजार एकाइ समितिले नगरपालिकालाई प्रदान गरेको एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सेवा प्रदान गरिएको थियो । नयाँ एम्बुलेन्स आएसँगै उक्त पुरानो एम्बुलेन्सलाई शवबाहनको रुपमा प्रयोग गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.