भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

मकावनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सर्लाहीको वाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

मृतक थिङको भरतपुरबाट कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतक थिङ चढेको प्र१००५च ३६३८ नंको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २० को निधन कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।

मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक–एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.