जुम्ला । जुम्लाका तीन सहकारी विरुद्ध उजुरी परेको छ । जुम्लामा जिल्लामा सञ्चालित तीनवटा सहकारीविरुद्ध उजुरी परेको हो । ११ जना बचतकर्ता महिलाले सहकारीका नाममा आफूलाई ठगेको भन्दै सहकारी सञ्चालक र कर्मचारीविरुद्ध उजुरी दिएका हुन ।
उनीहरुले स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ठाकुरज्यु सहकारीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्लाभरि कार्यक्षेत्र भएको सहकारीको हकमा सबै स्थानीय तहले नियमन गर्ने पाउँछन्। जिल्लाभन्दा माथि कार्यक्षेत्र रहेका सहकारीको हकमा प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको नियमन गर्ने अधिकार रहेको छ।
