भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

हत्या आरोपित १७ वर्षपछि पक्राउ

हत्या आरोपित १७ वर्षपछि पक्राउ

सप्तरी । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ ।

प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ । प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए । आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदासँग भागेकी मण्डलकी फुपूले घर जान नमानेपछि गाउँले भेला भई छलफल गरी उनलाई माइती पक्षको जिम्मा लगाएको थियो । सोही रिस थाम्न नसकी मण्डलले सदाको हत्या गरेको आरोपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताउनुभयो । आरोपित मण्डलविरुद्ध सदाकी श्रीमती लीलादेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दर्ता गराएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.