‘हे मन’ भिडियो सार्वजनिक

‘हे मन’ भिडियो सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार एवम् साहित्यकार राखी गौचनको शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायक तथा संगीतकार शंकर थापा स्माइलको सुमधुर स्वर सुन्न सकिन्छ । स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ।

उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक भिडियोमा दर्शक स्रोताको सकारात्मक प्रतिकिया प्राप्त भैरहेको छ ।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको हो ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.