भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । लामो समयपछि कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दीलगायतका पश्चिमी जिल्लामा पानी परेको छ । आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा भएपनि हिउँदे वर्षाले किसान खुशी भएका छन् । काठमाण्डौदेखि सुदूरपश्चिमसम्मका धेरै ठाउँमा हल्का पानी परेको महाशाखाले जनाएको छ। वर्षाले हिउँदे बालीलाई राहत पुग्नेको किसानको भनाइ छ ।

काठमाण्डौ उपत्यकामा हल्का वर्षा भएको छ । काठमाण्डौमा दिउँसोपख मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको महाशाले जनाएको छ । कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.