भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी

कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी

सुर्खेत, १८ असार । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली परिचालन गरिएको छ।

उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। शवलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सडकसम्म ल्याउने प्रयास गरिरहेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाग्रस्त गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन सकेको छैन। अन्य यात्रुको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.