भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानका महिलालाई घर बाहिर बोल्न र अनुहार देखाउन प्रतिबन्ध

अफगानिस्तानका महिलालाई घर बाहिर बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलाको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

नयाँ कानुनमा एउटा वयस्क महिला जरुरी कामले घर बाहिर जाँदा उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन भन्ने उल्लेख छ । पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

नयाँ कानूनले पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ । यस्तै वयस्क महिलाले गैरपुरुषका शरीर र अनुहार हेर्न पाइदैन । अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालयले देशमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ ।

अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालय सदाचार प्रवर्द्धन र दुराचार नियन्त्रण मन्त्रालयको रूपमा चिनिने गरेको छ । तालिबानले सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्न नयाँ कानुन ल्याएको दाबी गरेको छ । तर संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू भन्दै निन्दा गरेको छ

शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिदेखि नै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ । ती नियमहरुको पालना नगर्ने हजारौँ मानिसलाई पक्राउ गरिएको पनि मन्त्रालयले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.