भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अफगानिस्तानका महिलालाई घर बाहिर बोल्न र अनुहार देखाउन प्रतिबन्ध

अफगानिस्तानका महिलालाई घर बाहिर बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलाको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

नयाँ कानुनमा एउटा वयस्क महिला जरुरी कामले घर बाहिर जाँदा उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन भन्ने उल्लेख छ । पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

नयाँ कानूनले पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ । यस्तै वयस्क महिलाले गैरपुरुषका शरीर र अनुहार हेर्न पाइदैन । अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालयले देशमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ ।

अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालय सदाचार प्रवर्द्धन र दुराचार नियन्त्रण मन्त्रालयको रूपमा चिनिने गरेको छ । तालिबानले सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्न नयाँ कानुन ल्याएको दाबी गरेको छ । तर संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू भन्दै निन्दा गरेको छ

शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिदेखि नै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ । ती नियमहरुको पालना नगर्ने हजारौँ मानिसलाई पक्राउ गरिएको पनि मन्त्रालयले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.