भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जागिर हुँदाहुँदै विदेश पलायन, कृषि वैज्ञानिकको अभावले अनुसन्धान संकटमा

जागिर हुँदाहुँदै विदेश पलायन, कृषि वैज्ञानिकको अभावले अनुसन्धान संकटमा

काठमाडौँ, २१ पुष । मुलुकमा रोजगारी नपाएर मात्र होइन, भएको जागिरसमेत छाडेर विदेश जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिकहरू विदेश पलायन हुने गरेका छन् ।

सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत कृषि वैज्ञानिक अन्यत्र पलायन हुन थालेपछि कृषि अनुसन्धान प्रभावित भएको छ । अनुसन्धान तथा उन्नत प्रविधि विकास गर्ने प्रमुख निकायमै जनशक्ति अभाव हुँदा प्रभावकारी रूपमा काम हुन नसकेको नार्कले जनाएको छ ।

नार्कका अनुसार हाल करिब ६० प्रतिशत जनशक्ति रिक्त छ । कुल १ हजार ८२३ कर्मचारीको दरबन्दी रहेकामा ८०० जना मात्र कार्यरत छन् । त्यस्तै, ४१० जना कृषि वैज्ञानिकको दरबन्दी रहेकामा हाल १८० जना मात्र कार्यरत रहेको नार्कले जनाएको छ । वैज्ञानिकको सङ्ख्या आधाभन्दा कम हुँदा अनुसन्धान कार्यमा प्रत्यक्ष असर परेको बताइएको छ ।

राजनीतिक हस्तक्षेप, ऐन–नियम तथा विनियमावली समयअनुकूल नहुनु र कृषि वैज्ञानिकका लागि आकर्षक सेवा सुविधा नहुनु जागिर छाडेर विदेशिने मुख्य कारण रहेको उल्लेख गरिएको छ । नार्कका प्रवक्ता तथा निर्देशक डा. भानुभक्त पोखरेलले कृषि वैज्ञानिकको अभावले अनुसन्धानमा प्रत्यक्ष असर परेको जानकारी दिनुभयो । पछिल्लो समय कृषि वैज्ञानिक अध्ययनका लागि विदेश जाने र पछि नफर्कने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ छ ।

“कृषि वैज्ञानिकले जुनसुकै बेला पनि काम गर्नुपर्ने हुन्छ तर सेवा सुविधा अन्य कर्मचारीसरह मात्र छन्,” उहाँले भन्नुभयो, “यही कारण अधिकांश कृषि वैज्ञानिक अध्ययनका लागि विदेश गएपछि स्वदेश नफर्कने अवस्था बनेको छ।”

 


Thali Mobile Pvt.Ltd.