भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जागिर हुँदाहुँदै विदेश पलायन, कृषि वैज्ञानिकको अभावले अनुसन्धान संकटमा

जागिर हुँदाहुँदै विदेश पलायन, कृषि वैज्ञानिकको अभावले अनुसन्धान संकटमा

काठमाडौँ, २१ पुष । मुलुकमा रोजगारी नपाएर मात्र होइन, भएको जागिरसमेत छाडेर विदेश जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिकहरू विदेश पलायन हुने गरेका छन् ।

सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत कृषि वैज्ञानिक अन्यत्र पलायन हुन थालेपछि कृषि अनुसन्धान प्रभावित भएको छ । अनुसन्धान तथा उन्नत प्रविधि विकास गर्ने प्रमुख निकायमै जनशक्ति अभाव हुँदा प्रभावकारी रूपमा काम हुन नसकेको नार्कले जनाएको छ ।

नार्कका अनुसार हाल करिब ६० प्रतिशत जनशक्ति रिक्त छ । कुल १ हजार ८२३ कर्मचारीको दरबन्दी रहेकामा ८०० जना मात्र कार्यरत छन् । त्यस्तै, ४१० जना कृषि वैज्ञानिकको दरबन्दी रहेकामा हाल १८० जना मात्र कार्यरत रहेको नार्कले जनाएको छ । वैज्ञानिकको सङ्ख्या आधाभन्दा कम हुँदा अनुसन्धान कार्यमा प्रत्यक्ष असर परेको बताइएको छ ।

राजनीतिक हस्तक्षेप, ऐन–नियम तथा विनियमावली समयअनुकूल नहुनु र कृषि वैज्ञानिकका लागि आकर्षक सेवा सुविधा नहुनु जागिर छाडेर विदेशिने मुख्य कारण रहेको उल्लेख गरिएको छ । नार्कका प्रवक्ता तथा निर्देशक डा. भानुभक्त पोखरेलले कृषि वैज्ञानिकको अभावले अनुसन्धानमा प्रत्यक्ष असर परेको जानकारी दिनुभयो । पछिल्लो समय कृषि वैज्ञानिक अध्ययनका लागि विदेश जाने र पछि नफर्कने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ छ ।

“कृषि वैज्ञानिकले जुनसुकै बेला पनि काम गर्नुपर्ने हुन्छ तर सेवा सुविधा अन्य कर्मचारीसरह मात्र छन्,” उहाँले भन्नुभयो, “यही कारण अधिकांश कृषि वैज्ञानिक अध्ययनका लागि विदेश गएपछि स्वदेश नफर्कने अवस्था बनेको छ।”

 


Thali Mobile Pvt.Ltd.